चितवनको इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरिएकाे छ ।
स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए । गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ ।
अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए ।