images
images

लागुऔषध नियन्त्रण गर्न सरकार असफल- सांसद साह

  • २४ जेष्ठ २०८१, बिहीबार १९:०७
images

आम जनता पार्टी (आजपा) अध्यक्ष एवम् सांसद प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे सरकारसंग जवाफ माग गरेका छन्।

लाखौं युवाहरू लागुऔषध दुव्र्यसनीमा परेको तर त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी उनको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको तर यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका समेत व्यक्त गरे।

लागुऔषधको खुलेआम रूपमा बेचबिखन भइरहेको भन्दै सरकारको ध्यानाकार्षण गराए।

उनले वर्षौंदेखि राज्यको संयन्त्र लागुऔषध नियन्त्रणमा खटिए पनि प्रभावकारिता नदेखिएको बताए।