गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा १ हजार जनाकाे एन्जियोप्लास्टी उपचार गरिएको छ ।
अस्पतालले २०७३ चैत २४ क्याथल्याब सञ्चालन गर्ने अनुमति प्राप्त गरी २०७४ बैशाख १३ गतेबाट क्याथल्याव सुरुवात गरेको थियो ।१ हजार जना विरामीको सफल उपचार गर्न सफल भएको अवसरमा अस्पताल परिषदमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलमले सामुदायिक अस्पतालले यो क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको बताए ।
अध्यक्ष आलमले निकट भविश्यमा तिलोत्तमा नगरपालिकामा प्राप्त भएको जग्गामा सुरुवातमा २०० र पछि ८०० बेडको अस्पताल बनाउने योजना रहेको बताए ।