जहाँ पानी छ, त्यहाँ जीवन छ । मानिस सबैभन्दा बढी पानीमा निर्भर छ । मानव शरीरको ६० प्रतिशतभन्दा बढी पानीले बनेको हुन्छ । केही जीवहरूकाे, शरीर ९० प्रतिशत पानीले बनेको हुन्छ।
एक अध्ययनका अनुसार ७३ प्रतिशत मस्तिष्क र मुटु, ८३ प्रतिशत फोक्सो, ६४ प्रतिशत छाला, ७९ प्रतिशत मांसपेशी र मिर्गौला र ३१ प्रतिशत हड्डी पानीले बनेको हुन्छ । यसरी हाम्रो जीवनमा पानीको महत्त्व बुझ्न सकिन्छ। शरीरको हरेक कोषलाई पानी चाहिन्छ।
यसले हाम्रो शरीरको तापक्रम पनि सन्तुलनमा राख्छ । धेरै खानेकुराको मेटाबोलिजम पनि पानी मार्फत हुन्छ। तर सबैभन्दा ठूलो प्रश्न यो हो कि हाम्रो शरीरलाई एक दिनमा कति पानी चाहिन्छ, यो प्रश्नलाई लिएर हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।