काठमाडौं । “GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३” भृकुटीमण्डपमा प्रारम्भ भएकाे छ । असोज १८ देखि सुरू भएकाे “GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३” २१ गते सम्म भृकुटीमण्डपमा हुनेछ ।
यस वर्ष GAI FBH 2023 ले मोबाइल एपलाई व्यावसायिक आगन्तुक प्रवर्द्धनको मुख्य विशेषताको रूपमा प्रस्तुत गरेको छ । मोबाइल एप द्वारा दर्ता ले व्यापार, आगन्तुक प्रवर्द्धनलाई सहज बनाउनेमा आयोजक बिश्वस्त छन् । यस्को प्रयोगले प्रतक्ष्य अप्रतक्ष्य सबै आगन्तुकहरुको पनि डाटा सहजै सङ्कलन हुने भएको छ । यसले गर्दा प्रदर्शकहरूको लागि पनि धेरै सजिलो हुने आयोजक दाबी गर्छन् ।
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५,५०० रहेको छ जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन् । साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३,८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।
GAI FBH 2023 ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये GAI FBH 2023 ले लगभग १५,००० व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ । एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब , बार, पब, पार्टी-प्यालेस , क्यान्टिन, सुपर-मार्केट, ग्रोसरी मार्ट, किराना – पासल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका मालिक तथा प्रबन्धकहरू; केटररहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता रहने छ । यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजक बताउँछन् ।
यस मेला मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् साथै गत वर्षको तुलनामा यस वर्ष २५% ले प्रदर्शकहरुको सङ्ख्या मा पनि वृद्धि रहेको आयोजक बताउनुहुन्छ । मेलामा ५००० उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने १८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू संचालन हुनेछन् । कार्यक्रममा कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुनेछ । साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्य बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताऊँछन् ।
आफ्नो ब्यापार व्यवसाय लाई नयाँ उचाईमा पुर्याउन, GAI FBH 2023 प्रभावकारी संचार र विज्ञापन प्लेटफर्म साबित हुनेछ । ३ दिनको एक्सपोमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष भेट गराउनेमा आयोजक समिति विश्वस्त छ जुन अरु माध्यम बाट जाँदा वर्षौ लाग्न सक्छ । GAI Food & Beverage and Hospitality 2023 ले प्रत्यक्ष बजारीकरणको प्रभावकारितालाई स्पष्ट रूपमा परिभाषित र प्रदर्शन गर्दै २०२३ का लागि विगतको भव्यता र वर्तमानको गति कायम राख्ने आयोजकहरुको आशा छ ।