![](https://www.suchanalaya.com/wp-content/uploads/2023/12/pm-vet.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएकाे छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उहान्को स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएकाे उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
हिजो राती गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना हुनु भएकाे थियाे।