images
images

कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने बालेनको चेतावनी

  • २० मंसिर २०८०, बुधबार ०९:५१
images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नागरिकको जनस्वास्थ्यमा लापरबाही भइरहेको बताएका छन् ।

अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री भइरहेको महानगरमा गुनासो आइरहेको उनले बताएका छन् ।

“…हामीले मंसिर २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ,” बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ।