images
images

अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीमा शिलबन्दी

  • २० मंसिर २०८०, बुधबार ०९:५९
images

काठमाडौं । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ।

विभागको टोलीले बूढानीलकण्ठ नगरपालिका- १० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो।

कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ।