काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको बेसीगाउँ शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु भएको छ ।
वडा भवनमा रहेको बेसीगाउँ शहरी स्वास्थ्य केन्द्रमा माघ २१ गतेबाट फिजिसियन तथा मुटु रोग विशेषज्ञ सेवा शुरु भएको हो ।
केन्द्रमा वरिष्ठ मुटु रोग विशेषज्ञ तथा फिजिसियन डा. बिनोद कुमार दाहाल केन्द्रमा फिजिसियन तथा मुटु रोग विशेषज्ञ रहनु भएको छ ।
विशेषज्ञ सेवा सार्वजनिक विदा बाहेक दैनिक रुपमा सुचारु हुने वडा कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । विशेषज्ञ सेवा बिहान १०:३० देखि ११:३० सम्म हुनेछ ।