images
images

अछाम: चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

  • २५ बैशाख २०८१, मंगलवार १२:२९
images

अछाम । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।

गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी ६ वर्षीय गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।