
गृहमन्त्री रवि लामिछानेले गाजा खेतीकाे वैधानिकताका लागि एक महिनाभित्र कानुन बन्ने दाबी गरेका छन् । शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकाे बैठकमा गृहमन्त्री लामिछानेले गाजा खेतीबारे गृह मन्त्रालयले पनि अध्ययन गरिरहेकाे बताए ।
सरकारले आगामी आर्थिक वर्षकाे बजेटमार्फत गाजा खेतीलाई प्रवर्द्धन गर्ने नीति लिएकाे छ । गाजा खेतीकाे वैधानिकताबारे प्रश्न उठिरहेका बेला बुधबार समितिले गृहमन्त्री लामिछाने र अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेकाे हाे ।
छलफलका क्रममा गृहमन्त्री लामिछानेले एक महिनाभित्रै नियमावली बनाएर गाजा खेतीकाे वैधानिकता प्रस्ट पारिने जानकारी दिए । नेपालमा औषधिजन्य प्रयाेजनका लागि गाजा खेतीलाई वैधानिकता दिन आवाज उठ्दै आएकाे छ ।
अहिले गाँजा खेती, उत्पादन, खरिद, बिक्री, निकासी, ओसारपसारलाई पूर्णरूपमा बन्देज लगाएको छ ।
अहिले अमेरिका, क्यानाडा, थाइल्यान्ड, अस्ट्रेलिया, ब्राजिल, डेनमार्क, जर्मन, ग्रिस, नेदरल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, श्रीलंकालगायत ४५ भन्दा धेरै मुलुकमा वैधानिक तवरले गाँजा खेती हुँदै आएका छन् ।