images
images

एभरेष्ट हस्पिटलद्वारा संचालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • २४ असार २०८१, आईतवार १५:३८
images

काठमाडौं । एभरेष्ट हस्पिटलले बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् ।

शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।

अस्पतालका निर्देशक एवं प्रशासन प्रमुख दीपकचन्द्र बरालले निःशुल्क आँखा जाँच शिविरमा १८९ जना व्यक्तिहरूले सेवा लिएको र करिब ३० प्रतिशतको सामान्य दृष्टि समस्या देखिएको बताए ।

यस्तै, करिब १० प्रतिशतमा मोतिविन्दु र ६० प्रतिशत व्यक्तिहरूको आँखा सुक्खा हुने समस्या पाइएको बताए । उनले शिविरमा आई जाँच गराउने १३० जना व्यक्तिहरुलाई निःशुल्क चश्मा वितरण गरेको बताए ।