भारतका धेरै राज्यहरूमा पुरुषको तुलनामा महिलाहरू लामो समयसम्म बाँच्ने एक अध्ययनले देखाएकाे छ ।
युनाइटेड नेशन्स इन्डिया एजिङ रिपोर्ट २०२३ ले राजस्थान, हरियाणा, गुजरात, उत्तराखण्ड, केरला, हिमाचल प्रदेश र केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा ६० वर्ष उमेर पुगेका महिलाको आयु २० वर्षभन्दा बढी रहेको उल्लेख गरेको छ।
प्रतिवेदनमा भनिएको छ कि ६० वर्षको आयुले मानिसले बाँच्न सक्ने औसत वर्षको सङ्ख्यालाई जनाउँछ।
महिलाहरु लामो बाँच्छन्
प्रतिवेदनका अनुसार भारतमा ६० वर्षको उमेरमा एक व्यक्तिले थप १८.३ वर्ष बाँच्ने आशा गर्न सक्छ, जुन महिलाका लागि १९ वर्ष र पुरुषका लागि १७.५ वर्ष हो। यसको मतलब ६० वर्षको उमेरमा महिला पुरुषभन्दा डेढ वर्ष बढी बाँच्न सक्छन् ।
प्रतिवेदनले सन् २०५० सम्ममा भारतामा ज्येष्ठ नागरिकको प्रतिशत दोब्बर हुन सक्ने अनुमान गरेको छ, जसले गर्दा ज्येष्ठ नागरिकको संख्या कुल जनसङ्ख्याको २० प्रतिशतमा पुग्ने छ । हाल, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको जनसङ्ख्या विश्वको जनसङ्ख्याको १३.९ प्रतिशत भारतमा रहेको छ र यो सङ्ख्या सन् २०५० सम्ममा दोब्बर भएर २ अर्ब १ करोड पुग्ने अनुमान गरिएको छ, जुन विश्वको कुल जनसंख्याको २२ प्रतिशत हुनेछ।
भारत पनि यसबाट अछुतो छैन
२०२२ मा त्यहाँ ६० वर्ष वा माथि उमेरका १४.९ करोड मानिसहरू छन्, जुन देशको जनसंख्याको १०.५ प्रतिशत हो। प्रतिवेदनमा सन् २०५० सम्ममा वृद्धवृद्धाको हिस्सा दोब्बर भएर २०.८ प्रतिशत पुग्ने र कुल संख्या ३४.७ करोड हुने उल्लेख छ ।