images
images

गर्भावस्था पछि आमाहरुमा हुने मानसिक समस्याका केही भ्रम र यथार्थ- डा. पाण्डे

  • २० आश्विन २०८०, शनिबार ०९:५०
images

मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए पनि यसको प्रवर्द्धनका लागि धेरै काम भएको पाइँदैन । समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ ।

जब हाम्रो मानसिक स्वास्थ्य राम्रो हुन्छ, हामी अरूसँग सहज महसुस गर्दछाै । जब हाम्रो मानसिक स्वास्थ्य राम्रो हुदैन तव हामीलाई धेरै कठिनाइहरूको सामना गर्न पर्ने हुन्छ। जब हाम्रा विचार र भावनाहरूले हामीलाई मनपर्ने कामहरू गर्नबाट रोक्छ, यसलाई मानसिक समस्या भनिन्छ। सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ ।

मानिसहरूलाइ विभिन्न प्रकारका मानसिक समस्याहरू हुने गर्दछन । यस्तै गर्भावस्था पछि हुने मानसिक समस्याकाे आज हामि चर्चा गर्दैछाै ।

गर्भावस्था र प्रसूती आफैमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुजि्रनुपर्ने हुन्छ । बच्चा जन्माइसकेपछि महिलाहरुमा मानसिक समस्या देखिने अध्ययनहरूले देखाएका छन ।

हालैको एक अध्ययनले बच्चा जन्माईसकेपछि बिश्वका २० प्रतिशत महिलामा मानसिक समस्या देखिने गरेको बताएको छ ।

गर्भावस्था पछि महिलाहरुमा देखिने मानसिक समस्याका केही भ्रम र यथार्थ बारे हामीले नशा तथा मानसिक राेग विशेषज्ञ डा. प्रदिप पाण्डेसंग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।