images
images

कुटपिटको विरोधमा पाटन अस्पतालका चिकित्सक आन्दोलित

  • २१ कार्तिक २०८०, मंगलवार ०९:१७
images

ललितपुरस्थित पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि अस्पतालको सेवा ठप्प पारेका हुन् ।

गत शनिबार बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको थियो। स्वास्थ्यकर्मीले सुईमार्फत गलत औषधि दिएका कारण तत्काल बिरामीको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् ।

त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको उनीहरूको आरोप छ ।