काठमाडौँ । मोटोपना आजको समयको आम समस्या हो ।
मोटोपनाका कारण शरीरमा धेरै प्रकारका शारीरिक पीडा हुने गर्दछ । जब अत्यधिक बोसो शरीरमा एकत्रित हुन थाल्छ त्यसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न थाल्दछ।
मोटोपन धेरै रोगहरूसित जोडिएको छ, जस्तै हृदय रोग, मधुमेह, निद्रा कालीन श्वास समस्या, धेरै प्रकारका क्यान्सर आदी । मोटोपनको प्रमुख कारण अत्यधिक क्यालोरी भएका खाद्यको सेवन, शारीरिक गतिविधिहरूको अभाव, आनुवांशिकीको मिश्रण हुन सक्छ।
गलत खानेबानी र कुनै-कुनै औषधीको असरले मृगौलामा समस्या आउन सक्छ। वास्तवमा शरीरको तौल बढ्दै जाँदा मृगौलामा पनि दबाब बढ्छ । मृगौलाले विषाक्त पदार्थलाई फिल्टर गर्ने काम गर्छ। तौल बढ्नुका कारण मृगौलामा विषाक्त पदार्थ जम्मा हुन्छ ।
धेरै अन्य रोगहरूले पनि मृगौला सम्बन्धी समस्याहरूलाई जन्म दिन्छ। मोटोपनाको कारण साना बालबालिकामा समेत मुटुसम्बन्धी समस्या र स्टोक्सको जोखिम हुन्छ । परिवर्तित
जीवनशैलीका कारण उत्पन्न हुने रोगले पनि मृगौलामा प्रतिकूल असर पार्छ । पछि, यसले मृगौला फेल हुन सक्छ।
यो प्रश्नलाई लिएर हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।