images
images

नेपालमा मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी : मन्त्री बस्नेत

  • २५ माघ २०८०, बिहीबार १४:२२
images

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बन्दै गएको बताएका छन् ।

बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहमा उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरूमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए ।

मन्त्री बस्नेतले मानसिक रोगको उपचार केन्द्र सातवटै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको धारणा राखे ।

मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको पनि उनको भनाइ थियो ।