images
images

रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार

  • २६ चैत्र २०८०, सोमबार १३:०२
images

काठमाडौं । रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् ।

घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी ज्यान बचाएका हुन् ।

गत चैत्र ३ गते बिहान रुखबाट घाँस काट्ने क्रममा उनी झरेका थिए ।

अस्पतालका चिकित्सकका अनुसार घाइते बालकको कलेजोमा चोट लागेर अत्याधिक रक्तश्राव भइरहेको थियो । शरीरका अन्य भागमा कुनै चोट नदेखिए पनि कलेजोमा चोट लागेका कारण आन्तरिक रक्तश्राव भएकोले अवस्था गम्भिर बनेको कलेजकी बालरोग सर्जन डाक्टर ज्यास्मिन बज्राचार्यले बताउनु भयो ।

सामान्यतया लडेर भित्री चोटहरु लाग्दा २४ घण्टाभित्र शल्यक्रिया गर्न सकिएन भने ज्यानै जानसक्ने अवस्था हुन्छ । युजेन्द्रको भने ३ दिनपछि मात्र अप्रेसन भयोे । युजेन्द्रको शारीरिक बनौट बयस्ककै हाराहारीमा भइसकेकाले बचाउन सहज भएको डा. बज्राचार्यको भनाई छ ।

कलेजले १९ औं दिन आइतबार बच्चालाई डिस्चार्ज गरेको छ ।