images
images

ब्लू क्रस हस्पिटलमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न

  • २६ चैत्र २०८०, सोमबार १५:४४
images

काठमाडौं । त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न भएको छ।

आइतबार अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला सम्पन्न भएको हो।

डा. लाईकमबमको पहलमा ब्लू क्रस अस्पतालको सहकार्यमा नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाजको आयोजनामा कार्यशाला सञ्चालन भएको हो।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरुको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यशालामा डा. लाईकमबमले हिस्टेरोस्कोपी प्रविधि बारे विस्तृत चर्चा गरेकी थिइन् साथै नेपालका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई प्रत्यक्ष लाइभ शल्यक्रिया समेत गरेर उक्त शल्यक्रिया बारे प्राविधिक जानकारी दिइएको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा प्रख्यात वरिष्ठ गाइने इण्डोस्कोपिक सर्जन डा. राहुल मनचन्दा थिए भने विशेष अतिथिको नेसोगका ईलेक्ट प्रेसिडेन्ट डा पदम राज पन्त थिए।

तस्विर: सुचनालय