images
images

डेंगु र मलेरियाको लक्षणमा यस्ताे छ भिन्नता, यसरी गर्नुहाेस पहिचान

  • २५ असार २०८१, सोमबार ११:१९
images

लामखुट्टेको कारणले हुने रोग वर्षाको समयमा छिटो फैलिन्छ। वर्षायाममा विभिन्न ठाउँमा पानी भरिएपछि लामखुट्टेले प्रजनन सुरु गर्छ । त्यसपछि डेंगु, मलेरिया जस्ता लामखुट्टेबाट सर्ने रोगहरू तीव्र गतिमा फैलिन थालेका छन्। पछिल्ला केही दिनहरूमा देशभर डेंगु रोगीहरूको संख्या द्रुत रूपमा बढेको छ। चिकित्सकका अनुसार डेंगु र मलेरिया  निकै खतरनाक हुन्छ । अवस्था गम्भीर भयो भने ज्यानसमेत जान सक्छ । त्यसैले डेंगु, मलेरियाका लक्षणहरूबारे सचेत हुनु जरुरी छ। जसले गर्दा ज्वरो आउनेबित्तिकै यी रोगहरू पहिचान गरी समयमै उचित उपचार पाउन सकिन्छ ।

डेंगुका लक्षणहरू
डेंगु ज्वरो डेंगु भाइरसबाट हुने एक प्रकारको भाइरल संक्रमण हो। डेंगु एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । डेंगुका कारण धेरै ज्वरो आउने र टाउकोको पछाडिको भागमा गहिरो पीडा हुने गर्छ । बान्ता, पेट दुख्ने र मांसपेशी दुख्न सक्छ। डेंगुले आँखा दुख्ने र कहिलेकाहीँ शरीरमा रातो दाग देखिने गर्छ । यसमा फ्लु जस्तो लक्षण पनि देखिन्छ । यदि अवस्था गम्भीर छ भने, नाक र मुखबाट रगत आउन सक्छ। डेंगुमा ब्लड प्रेसर र प्लेटलेट्स द्रुत गतिमा घट्न सक्छ। तर, डेंगु एक संक्रमित व्यक्तिबाट अर्कोमा सर्दैन ।

मलेरियाका लक्षणहरू
डेंगु जस्तै मलेरिया पनि लामखुट्टेबाट सर्ने खतरनाक रोग हो। मलेरिया परजीवी संक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ। मलेरियाका मुख्य लक्षणहरू उच्च ज्वरो हाे। योसँगै काँप्ने र उच्च ज्वरो आउने गर्छ । मलेरियाको अवस्था गम्भीर भएमा फोक्सोमा तरल पदार्थ जम्मा हुन सक्छ र सास फेर्न गाह्रो हुन सक्छ।