अदुवा संसारमा सबैभन्दा बहुमुखी औषधीय पदार्थहरू मध्ये एक हो। यसले जडिबुटीले जस्तै हाम्रो शरीरमा विभिन्न खाले समस्याहरुको समाधान गर्ने गर्दछ ।
अदुवा एउटा मसला मात्र नभएर यो एउटा जडीबुटी औषधी पनि हो ।
अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो ।
अब जानौ अदुवाको १० फाईदाहरु
– निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
– साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन सकिन्छ ।
– अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको तरिकाले पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।
– एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठीक पार्छ ।
– अदुवाको रस निरन्तर खाने गरेमा बुढोपन ढिला हुन्छ । छाला तथा कपाल स्वस्थ रहन्छ ।
– नियमित अदुवाको रस खानेहरुको मुटु स्वस्थ रहन्छ । हृदयघातदेखि जोगाउँछ ।
– एक चम्चा अदुवाको रस नियमित पिउनाले रुघाखोकी टाढा भाग्छ ।
– सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।
– सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।
– हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।