images
images

वीर अस्पतालका करारका स्वास्थ्यकर्मीहरुलाई हटाउने निर्णयप्रति आपत्ति

  • २१ आश्विन २०८०, आईतवार १४:०२
images

नेकपा (एमाले)की सांसद विद्या भट्टराईले वीर अस्पतालका करारमा कार्यरत २३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुलाई आज (आईतवार) बाट स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएकोमा आपत्ति जनाउनुभएको हो ।

उहाँले उनीहरुलाई हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग आग्रह गर्नुभयो ।