images
images

त्रिवि शिक्षण अस्पताललाई बर्थिङ सेन्टर हस्तान्तरण

  • २२ कार्तिक २०८०, बुधबार १०:१५
images

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा निर्माण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति)सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरीएको छ ।

नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरीएको हो ।

नेपाल सरकारका अर्थमन्त्री डा। प्रकाशशरण महत, माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रीमती अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा राजनीतिक प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाहरुको पनि सहभागीता रहेको थियो । सोही अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत नेरु। १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।