images
images

चिरायु नेश्नल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको १० औँ वार्षिकोत्सव सम्पन्न

  • २२ मंसिर २०८०, शुक्रबार १७:२२
images

काठमाडौं, २२ मंसिर । चिरायु नेश्नल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले १० औँ वार्षिकोत्सव मनाएको छ । शुक्रवार वसुन्धरा, काठमाडौँमा रहेको  चिरायु नेशनल हस्पिटलले १० औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव हस्पिटलका चिएरम्यान हेम गुरुङ, मेडिकल डाइरेक्टर डा. उत्तम कुमार शर्मा, डेपुटी मेडिकल डाइरेक्टर डा. अजय प्रसाद प्रधान, काठमाडौँ महानगरपालिका ३ का वडा अध्यक्ष प्रेम थापा लगायतले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको हो ।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न क्विज प्रोग्राम, ग्रुप तथा सोलो डान्स, लाइभ म्युजिक, अवार्ड कार्यक्रम तथा टोकन अफ लभ, ब्लड डोनेसन जस्ता कार्यक्रमहरू समावेश गरिएको थियो । प्रस्तुत सांस्कृतिक कार्यक्रम हस्पिटलका विभिन्न कर्मचारीहरूले प्रस्तुत गरेका थिए भने क्विज प्रोग्राममा अस्पतालमै कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यस्तै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ब्लड डोनेसन कार्यक्रम अस्पतालका कर्मचारी तथा अन्य बाह्य सर्वसाधारण नागरिकले रगत दान गरेका थिए । त्यस्तै वार्षिकोत्सवकै शुभ अवसरमा उत्कृष्ट कामको आधारमा उच्च मूल्याङ्कन गर्दै विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।

अति आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको चिरायु नेश्नल हस्पिटल आज भन्दा दस वर्ष अगाडी २०७० साल मङ्सिर २२ गते स्थापना भई निस्वार्थ स्वास्थ्य सेवामा समर्पित हुँदै आएको छ ।

 

भिडियाे

तस्विर