images
images

अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरकाे आग्रह

  • २६ माघ २०८०, शुक्रबार १३:३१
images

ललितपुर । ललितपुर महानगरपालिकाले सुँगुरमा लाग्ने महामारी जन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

लमजुङ, कास्की, तनहुँ तथा गोदावरी नगरपालिका ७ ललितपुर र कीर्तिपुर नगरपालिका ६ काठमाडाैँमा समेत सो रोग पुष्टि भएकाले महानगरले सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस्तै, अनिवार्यरुपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वास्थ्य सुँगुर, बङ्गुर वा मासुको ओसार प्रसार गर्ने गराउने आग्रह गरेको छ ।