images
images

किन खाने मेथी ? यी हुन् मेथीको फाइदाहरु

  • २७ चैत्र २०८०, मंगलवार १२:५४
images

तीतो स्वाद भएका अधिकांश खाद्य पदार्थहरु हाम्रो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छन्, जस्तै करेला, नीम, मेथी आदि । तिनीहरुमध्ये मेथी पनि एक हो । मेथी भान्सामा अभिन्न अंगको रूपमा रहने गर्दछ । मेथी हरेक घरमा सजिलै प्राप्त हुन्छ । तर मेथी एउटा सामान्य मसला मात्र होइन, मेथीमा औषधीय गुणहरु पनि हुन्छ । तपाईंको भान्छामा राखिएका यस्ता धेरै मसलाहरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । मात्र यसको सही प्रयोग मात्रै आवश्यक छ । मेथी एक यस्तो जडीबुटी हो जसले स्वास्थ्यलाई धेरै फाइदा दिन्छ । मेथीको दानामा धेरै पोषक तत्त्व पाइन्छ । यसमा आइरन, म्यागनिजलगायतका फाइबर र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । दैनिक बिहान मेथीको पानी पिउनाले पाचन शक्ति बलियो हुन्छ । खाली पेटमा मेथीको दानाको पानी पिउँदा सुगर पनि नियन्त्रणमा रहन्छ ।

आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । मेथीको साग महत्त्वपूर्ण हरियो तरकारीको रूपमा रहेको छ । प्राचिन काल देखिनै यसको औषधीय गुणका कारण तरकारी तथा औषधीको रूपमा यसको प्रयोग गरिंदै आएको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यसले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । यसलाई खानाले पसिना आँउछ । शरीरको विजातिय तत्वलाई बाहिर निकाल्दछ । यसले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ

मेथीको फाइदाहरु

मधुमेह नियन्त्रण
खाली पेटमा मेथीको दानाको पानी पिउँदा मधुमेह नियन्त्रणमा रहन्छ । मेथीले रगतमा रहेको ग्लुकोजको मात्रा कम गर्छ । मधुमेहका बिरामीले बिहान नियमित रूपमा मेथीको दानाको पानी पिउँदा अत्यधिक स्वास्थ्य लाभ लिन सकिन्छ ।

तौल घटाउन
मेथीको दानामा फाइबर पाइन्छ जसले खाना पचाउन मद्दत गर्छ । हरेक बिहान मेथीको पानी पिउनाले भोक कम गर्न मद्दत गर्छ । यसको सेवनले तौल घटाउँछ ।
पाचन प्रणालीलाई बलियो बनाउँछ ।
मेथीको पानीको नियमित सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । अपच वा कब्जियतको समस्या भएकाहरूलाई मेथीको पानी निकै फाइदाजनक हुन्छ । हरेक दिन बिहान खाली पेटमा मेथी पानी पिउनाले छाती पोल्ने, अपच, एसिडिटी, कब्जियत र पेटसंग सम्बन्धित विभिन्न समस्याहरुलाई कम गर्न सहयोग पुर्‍याउँछ । मेथीमा फाइबर र एन्टि–अक्सिडेन्ट पर्याप्त मात्रामा हुन्छ, जसका कारण शरीरमा समावेश टक्सिनहरुलाई बाहिर निकाल्न सहयोग पुर्‍याउँछ र पाचन प्रक्रियालाई पनि बलियो बनाउछ । यसको साथै पाचनसंग सम्बन्धित कुनै पनि किसिमको समस्या रहँदैन । राम्रो पाचनका लागि हरेक दिन विहान खाली पेटमा मेथी पानीको सेवन फाइदाजनक हुन्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्छ
तपाईंले हरेक बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनुभयो भने तपाईंको शरीरमा खराब कोलेस्ट्रोलको समस्या निको हुन्छ । मेथीको दानाको पानी एक महिनासम्म नियमित पिउने हो भने शरीरमा राम्रो कोलेस्ट्रोल बढ्ने सम्भावना हुन्छ ।

छालामा सुधार

मेथी अर्थात पहेंलो दानामा भिटामिन के र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ। यसले छाला मुनिको फोहोर हटाउँछ र आँखा मुनिको कालो घेरा हटाउन मद्दत गर्छ। बिहान मेथीको पानी पिउनाले अनुहारसँग सम्बन्धित रोगबाट टाढा रहन्छ । मेथी एक प्राकृतिक जडिबुटी हो जुन धेरै छाला हेरचाह रेसिपीहरूमा प्रयोग गरिन्छ। यो अनुहार सेतो बनाउन र यसलाई एक अद्भुत चमक प्रदान गर्न को लागी यसको फाइदाहरु द्वारा प्रतिष्ठित छ। ताजा मेथीको पातलाई पिसेर अनुहारमा लगाउँनाले अनुहारमा रहेका डण्डिफोर अनुहारको रुखापन तथा चाउरी परेको निर्मुल हुन्छ। त्यसैले, धेरै मानिसहरू स्वस्थ र उज्ज्वल छाला प्राप्त गर्न मेथी प्रयोग गर्छन्।

महिनावारीको दुखाइबाट राहत
मेथी अर्थात पहेँलो दानाको पानीमा इन्फ्लेमेटरी गुण हुन्छ जसले महिनावारीका कारण हुने दुखाइबाट राहत दिन्छ। यो पहेँलो दानाको पानीले महिनावारी सम्बन्धी रोगबाट पनि राहत दिन्छ। यसका लागि महिनावारी सुरु हुनुभन्दा दुई–तीन दिनअघि बिहान सबेरै मेथीको दानाको पानी पिउन सुरु गर्नुहोस्।

मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ।