images
images

ललितपुरमा स्मार्ट शौचालय र स्नान कक्षको उद्घाटन

  • २७ बैशाख २०८१, बिहीबार १७:१०
images

ललितपुर ।  ललितपुर महानगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरिएकाे छ ।

महानगरका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका हुन ।

मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए । उनले शुल्कबाट सञ्चालित हुने शौचालय  ललितपुरका मंगलबजार, पाटनढोका र जावलाखेलमा बनाएको बताए ।

यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए । स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुबिधा उपलब्ध रहेको बताइएको छ ।