images
images

चराचुरुङ्गी र पर्यावरणमा असर पर्ने भन्दै रूख र पाेलमा बत्तीको प्रयोग नगर्न सिफारिस

  • २७ जेष्ठ २०८१, आईतवार १०:१०
images

काठमाडौँ । सुन्दरताका लागि सडक किनारा, रुख, पोल, जस्ता स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ ।

सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै सिफारिसका विषयमा जानकारी गराएको हो ।

गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

यसका आधारमा मानन्धरको संयोजकत्वमा गठित समितिको सदस्यमा उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापा, महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, सार्वजनिक निर्माण विभागका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेल हुनुहुन्थ्यो ।

यसैगरी वातावरण इञ्जिनियर निशा कोइराला सदस्य सचिव हुनुहुन्थ्यो । समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दूप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गीविज्ञ सन्देश गुरुङ्सहितको टोलीमा सहभागी गराएको थियो ।