images
images

वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

  • २७ जेष्ठ २०८१, आईतवार १५:५०
images

काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् ।

ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । जेठ २६ देखि असार १६ गतेसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको उपचारका लागि आउनु हुने बिरामीलाई अप्रेसन शुल्क शतप्रतिशत छुट गरिएको डा. झाले बताए ।

शनिबार बिहान ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्ति, तिनका परिवार र समाजमा यसबारे जानकारी दिने उद्देश्यले प्रभातफेरीको समेत गरिएको थियो ।

ब्रेन ट्युमरसम्बन्धी लक्षण र यसका जोखिमहरु समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने यस रोगबाट पर्ने असर कम गर्न सकिने डा. झाको भनाइ छ ।