काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप दुई मन्त्रालयको जिम्मेवारी पाएका छन।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका मन्त्रीहरुले राजिनामा दिएका दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ‘प्रचण्ड’लाई तोकेका हुन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिएका थिए ।