images
images

भूकम्पका घाइते भेट्न स्वास्थ्य मन्त्री बस्नेत टिचिङ हस्पिटलमा

  • २३ कार्तिक २०८०, बिहीबार ०९:३१
images

काठमाडौं । जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनासकारी भूकम्पमा परेर गम्भिर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भेटेका छन् ।

सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार नि:शुल्क गर्ने निर्णय गरिसकेकाले सबैको नि:शुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए ।

भूकम्पमा परेर गम्भिर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा. काफ्लेले जानकारी दिए ।

उपचाररत घाइतेमध्ये एक जनाको सल्यक्रिया भइसकेको, एक जनालाई आईसियूमा राखेर उपचार भइरहेको र बाकी आठजनाको पनि उपचार भइरहेको डा. काफ्लेले बताए ।

मन्त्री बस्नेतले आईसियूमा उपचाररत घाइते र उनका आफन्तसँग पनि भेटेर उपचार अवस्थाबारे जानकारी लिएका थिए ।