images
images

चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न २४ घण्टे अल्टिमेटम

  • २३ कार्तिक २०८०, बिहीबार १४:१७
images

काठमाडौं । रेजिडेण्ट चिकित्सक संघले पाटन अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

संघले बुधबार विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गरी कानुननी दायरामा ल्याउन माग गरेको हो।

गत शनिबार बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको थियो। स्वास्थ्यकर्मीले सुईमार्फत गलत औषधि दिएका कारण तत्काल बिरामीको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् ।

त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको उनीहरूको आरोप छ । त्यसैको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकहरुले केहीदिन देखि सेवा बन्द गर्दै आएका थिए ।

दोषीलाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन २०७९ अनुसार दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । पाटन अस्पतालका चिकित्सकको आन्दोलनमा ऐक्वेवद्धता जनाउन अहिले रेजिडेण्ट चिकित्सकहरुले कालोपट्टी लगाएर काम गरिरहेका छन् ।