images
images

फाइदा मात्र हैन तीते करेलाको बेफाइदा पनि छन् । जान्नुहोस् यसको बेफाइदाहरु !!

  • २८ चैत्र २०८०, बुधबार १०:४५
images

के तपाईलाई तीते करेला मन पर्छ ? तीते करेला हामी सबैलाई थाहा भएकै कुरा हो । तीते करेलाको स्वाद तितो हुने भएकाले प्राय मानिसले मन पराउने गर्दैनन् । करेला तितो तर धेरै गुणले भरिपूर्ण हुन्छ । हाम्रो समाजमा प्राय जसो यस तरकारीले प्रेसर कम गर्छ भन्ने आम धारणा रहेको छ । तर तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारीको रुपमा मानिने गरिन्छ । सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो।
आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ।
पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ। तिते करेला कतिपयको लागि राम्रो चिज हो तर कतिपय बिरामीका लागि विष सरह हुन्छ ।

तीते करेलाको बेफाइदाहरु

गर्भवती महिलाले खानुहुदैन
करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।
महिनावारीको समस्यामा
महिनावारीको समस्या छ भने बढी करेला खाने बानी आजैबाट छोड्नुहोस् । यो समयमा अत्याधिक रक्तस्राव हुनसक्छ त्यसैले यो समयमा करेला सेवनबाट टाढा बस्नु नै बेस हुन्छ ।
फर्टिलिटी समस्या भएमा
यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।
शल्यक्रियापछि
शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ ।
कलेजोको रोगमा
तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । करेलाको दैनिक सेवन कलेजोको लागि हानिकारक हुन सक्छ। करेलामा लेक्टिन पाइन्छ। करेलाको सेवनले कलेजोमा प्रोटिनको सञ्चारलाई रोक्न सक्छ। त्यसैले करेलाको नियमित सेवन नगर्नुहोस् ।
सुगर कम छ भने
करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।
पायाल्समा
यदि तपाइमा पायल्सको समस्या छ भने तिते करेला नखानुहोस् किनकि यसले पायल्सको समस्यालाइ थप बल्झाउन मदत गर्छ ।