एच ५ एन १ भाइरसको मानव-देखि मानवमा संक्रमण धेरै दुर्लभ र आत्तिनु आवश्यक नभएकाे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का प्रमुख रणदीप गुलेरियाले बताएका छन ।
यद्यपि, मानव-देखि मानव सम्पर्कबाट टाढा रहन उनले सुझाब दिएका छन ।
हालै भारतकाे हरियाणाका एक १२ वर्षीय बालकको दिल्लीको एम्समा H5N1 भाइरस संक्रमणको कारण मृत्यु भएको थियो।
गुलेरियाले भाइरसको कारण बच्चाको मृत्यु भएको क्षेत्रबाट नमूनाहरू लिनु आवश्यक छ र कुखुराको मृत्युको निगरानी गर्नु पर्ने बताएका छन ।
गुलेरियाले भने, “चराबाट मानिसमा भाइरस सर्ने धेरै दुर्लभ छ र H5N1 को मानिसबाट मानिसमा सर्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन। त्यसैले आत्तिनुपर्ने अवस्था छैन।” डा गुलेरियाले भने, ”तर कुखुरापालन नजिकै काम गर्नेहरूले सावधानी अपनाउनुपर्छ र सरसफाइमा ध्यान दिनुपर्छ।