images
images

लागूऔषधविरुद्ध एकीकृत अभियान

  • २८ जेष्ठ २०८१, सोमबार १५:२३
images

जिल्ला प्रहरी कार्यालय बाँकेले ‘लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१’ सञ्चालनमा ल्याएको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाको साझेदारीमा यो अभियान सञ्चालनमा ल्याएको हो ।

अभियानअन्तर्गत प्रहरीले केही दिन अगाडि मात्र नेपालगन्ज उपमहानगर क्षेत्रभित्र रहेका जमुनाहा नाकादेखि राँझासम्मका सार्वजनिक स्थान तथा सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयहरुमा लागूऔषधसम्बन्धी २० देखि २५ वटा सचेतनामूलक होडिङ वोर्डहरु जडान गरेको बाँके प्रहरीले जनाएकाे छ ।

अभियानअन्तर्गत नेपालगन्जका सार्वजनिक स्थान तथा चोकहरुमा नगरस्तरीय बाल क्लब सञ्जालद्वारा लागूऔषध दुर्व्यसनीसम्बन्धी विभिन्न सडक नाटकहरुसमेत प्रदर्शन गरेको छ ।