मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा डेंगुका बिरामी देखिन थालेका छन् । वास्तवमा मौसम परिवर्तनका भएर वर्षाका कारण धेरै ठाउँमा पानी जम्मा हुन थाल्छ । जसका कारण लामखुट्टेको संख्या ह्वात्तै बढ्दै गएको छ र मानिसहरु डेंगु जस्ता गम्भीर रोगको सिकार हुने गर्दछन् । यस्तो अवस्थामा कसरी यो रोगबाट आफूलाई बचाउन सकिन्छ त ?
डेंगु ज्वरो के कारणले हुन्छ ?
वर्षातमा जम्मा भएको पानीमा विशेषगरी एडिस जातका लामखुट्टेले अण्डा पार्ने र लामखुट्टेको संख्या बढ्न थालेपछि बर्खाको मौसममा डेंगुको जोखिम बढ्छ । यी लामखुट्टेले भाइरस फैलाउँछ जसका कारण डेंगुको जोखिम धेरै गुणा बढ्छ । त्यसैले यसका लक्षणहरू चाँडै पहिचान गरी औषधि सुरु गर्नुपर्छ। डेंगु बढ्यो भने यसले गम्भीर समस्या र मृत्युसमेत निम्त्याउन सक्छ।
डेंगु ज्वरोका लक्षणहरु:
– अचानक उच्च ज्वरो,
– कडा टाउको दुख्ने,
– आँखा पछाडि दुखाइ,
– जोर्नी र मांसपेशिहरुमा दुखाइ
डेंगु बाट यसरी बचौ
डेंगु नियन्त्रण गर्न आफ्नो घरको सरसफाइमा ध्यान दिनुहोस् र आफ्नो वरपरको क्षेत्र सधैं सफा राख्नुहोस्।
विज्ञहरूले घर र वरपरको क्षेत्र सफा गर्न र पानी जम्मा हुनबाट जोगिन सल्लाह दिन्छन्। किनकी फोहोरका कारण लामखुट्टे धेरै हुने गर्छ ।
घर वा वरपर पानी जम्मा भएमा तुरुन्तै सफा गर्नुहोस्। पानीका कारण लामखुट्टेको संख्या तिव्र गतिमा बढिरहेको छ ।
लामखुट्टेको टोकाइबाट बच्नको लागि, लामखुट्टे भगाउने क्रीम प्रयोग गर्नुहोस्। साथै, लामखुट्टेबाट बच्न लामो बाहुलाको लुगा लगाउनुहोस्।
झ्याल र ढोकामा जाली जडान गरेर, तपाईं लामखुट्टेको टोकाइबाट धेरै हदसम्म आफूलाई जोगाउन सक्नुहुन्छ।
नियमित फोगिङ र जनचेतना अभियान जस्ता सामूहिक प्रयासहरूले पनि डेंगुको प्रकोप रोक्न महत्त्वपूर्ण भूमिका खेल्छन्।