
विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ।
विश्वभर मानसिक स्वास्थ्यका बढ्दो घटनालाई ध्यानमा राखी मानसिक स्वास्थ्यबारे मानिसहरूलाई सचेत गराउन र यसका गम्भीर असरहरूलाई न्यूनीकरण गर्न हरेक वर्ष १० अक्टोबरमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ।
आज पनि मानिसहरु डिप्रेसन र तनावलाई स्वास्थ्य सम्बन्धी समस्या मान्दैनन् र बेवास्ता गर्छन् । तर यी समस्याहरूले भविष्यमा गम्भीर परिणामहरू निम्त्याउन सक्छ। मानिसहरुलाई मानसिक स्वास्थ्यको महत्व बुझाउने उद्देश्यले यो दिवस सुरु गरिएको हो । यसका लागि विभिन्न कार्यक्रम र सेमिनार आयोजना गरी जनतालाई सचेत गराइन्छ । यी कार्यक्रमहरूमा मानसिक स्वास्थ्य कायम राख्ने टिप्स र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट बच्ने उपायहरू पनि दिइन्छ।