
कहिलेकाहीँ लामो समयसम्म उभिने वा लामो दूरीको यात्रा गर्दा तपाईंको खुट्टामा दुखाइ हुन्छ। तर यो दुखाइ सामान्यतया आराम पछि आफै हट्छ। तर केही मानिसहरु यस्ता छन् जसले रातभरी सुत्दा पनि भोलिपल्ट बिहान खुट्टा दुख्ने गर्छ ।
वास्तवमा यो समस्या प्लान्टार फासिआइटिसको कारणले पनि हुन सक्छ। यो समस्यामा बिहान उठेपछि, लामो समयसम्म बस्दा वा लामो समयसम्म उभिएर कुर्कुच्चा दुख्ने गर्छ । दुखाइ यति गहिरो छ कि सहन गाह्रो हुन्छ। यसले हाम्रो सम्पूर्ण दैनिकीलाई पनि असर गर्छ। यस दुखाइको उपचार छ र यसलाई निको पनि गर्न सकिन्छ तर बेवास्ता गरेमा यो समस्याले गम्भीर रुप लिन सक्छ ।
डाक्टरहरूले यसलाई गम्भीर समस्याको सङ्केत मान्छन् र तुरुन्तै आफ्नो स्वास्थ्य परामर्शदातालाई सम्पर्क गर्न सुझाव दिन्छन्। त्यसैले आउनुहोस् कुर्कुच्चा दुख्ने विभिन्न कारण र यसको उपचारको बारेमा जानौं। यस बिषयमा हामीले हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रस्किन शाक्यसंग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।