images
images

बढी क्याल्सियम पाउने खाद्यपदार्थहरु

  • २९ चैत्र २०८०, बिहीबार १०:४८
images

बच्चाबेलादेखि नै हामीलाई सधैँ दुध खान सल्लाह दिइन्थ्यो । दुधले शरीरमा क्याल्सियमको कमी पुरा गर्छ भने यसले हड्डी पनि बलियो बनाउँछ । दुध पक्कै पनि स्वस्थ हुन्छ । हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । क्याल्सियमले हाम्रो शरीर स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका खेल्छ । किनभने, हाम्रो शरीरको मुख्य शारीरिक संरचना भनेको मेरुदण्ड हो । जसलाई तन्दुरुस्त बनाउने सँगै अग्लो बनाउने काम क्याल्सियमले गर्छ ।
क्याल्सियमको कमीले ढिलो वृद्धि हुने, जोर्नीहरु कमजोर हुने हुन्छ । त्यसैले पनि हामी क्याल्सियम प्राप्त गर्नका लागि दूध खाइरहेका हुन्छौं । शरीरमा क्याल्सियमको आपूर्ति गर्न दूध पिउनु धेरै महत्त्वपूर्ण छ तर धेरै मानिसहरू दूध पिउन मन पराउँदैनन्। दूधमा भन्दा पनि बढी क्याल्सियम पाउने खानाहरु रहेका छन ।
नट्स :
धेरै जसो गेडागुडी (बीउहरू) पोषक तत्वका धनी हुन्छन । जस्तै सेतो तिलको बीउ, फ्ल्याक्स सीड, चिया बीउ र विशेष गरी कालो तिल । जसमा गाईको दूधमा भन्दा ३ गुणा बढी क्याल्सियम हुन्छन । जुन खानाको लागि पनि स्वादिष्ट छ ।
बदामः
बदाम खानामा पनि स्वादिष्ट, र मीठो हुन्छ । र, यसमा फाइबर पनि धेरै हुन्छ । यस्तै दूधमा भन्दा बढी क्याल्सियम पाइन्छ । जसले हड्डी र मस्तिष्क दुवैलाई एकैपटक पोषण दिन्छ । एक कप बदाम खाँदा तपाईंको शरीरले करिब ३०० मिलिग्राम क्याल्सियम पाउने गर्छ । तपाईंले बदामलाई विभिन्न रुपमा प्रयोग गर्न सक्नुहुन्छ । बिहानको समयमा भिजाएको बदाम खाँदा तपाईंको शरीरलाई अत्यधिक फाइदा मिल्छ ।
हरियो साग :
गाढा हरियो सागपातलाई सुपरफुड मानिन्छ । यो हामी सबैको मनपर्ने सब्जि पनि हो । जसमा क्याल्सियमको मात्रा उच्च रहेको छ । हरियो सागसब्जी पोषक तत्वको खजाना हो। शरीरमा क्याल्सियमको कमीलाई पूरा गर्न तपाईंले आफ्नो आहारमा हरियो सागपात जस्तै पालक, ब्रोकाउली, सिमी समावेश गर्नुपर्छ।
काबुली चनाः
काबुली चना मिठो हुने मात्रै होइन, यसले क्याल्सियमको कमी पनि पूरा गर्छ । दुई कप काबुली चनामा करिब ४२० मिलिग्राम क्याल्सियम पाइन्छ । तपाईं यसलाई मसला करी, मिक्स भेज वा सलादसँग खान सक्नुहुन्छ । काबुली चनामा फाइबर र म्याग्नेसियमको पनि निकै राम्रो मात्रा पाइन्छ ।
चिया सिड्सः
चार चम्चा चिया सिड्स खाँदा शरीरले करिब ३५० मिलिग्राम क्याल्सियम पाउँछ । एक गिलास पानीमा चिया सिड्स मिसाउनुहोस् र त्यसलाई करिब एक घण्टासम्म भिज्न दिनुहोस् । यो पिउँदा तपाईंको शरीरले भरपुर मात्रामा क्याल्सियम पाउँछ ।
कोदोः
कोदोमा पनि क्याल्सियमको निकै राम्रो स्रोत पाइन्छ । सय ग्राम कोदोमा करिब ३४५ मिलिग्राम क्याल्सियम पाइन्छ । कोदोलाई हप्तामा चार पटक मात्रै सेवन गरेको राम्रो । तपाईं कोदोको रोटी, केकलगायतका खानेकुरा बनाएर खान सक्नुहुन्छ ।