काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सो अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिब एक लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न संघीय सरकारले ढिलाई नगर्ने विश्वास समेत व्यक्त गरे ।