काठमाडौँ । यौन दुर्वलताका बिषयमा चिकित्सकहरूसंग परामर्श गर्न पनि मानिसहरू हिचकिचाउँने गर्दछन् ।
यौन दुर्बलता, मध्यपान, धुम्रपान, उच्चरक्तचाप, मधुमेह, तथा छारेरोग, बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ह्रास भई यौन दुर्वलताको समस्या हुने गर्छ ।
यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमि हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ ।
यस बिषयमा हामीले यूराेलाेजिष्ट डा. दीपक राैनियारसंग कुरा गरेका छाै । हेर्नुहाेस भिडियाे ।