images
images

इजरायलले हस्तान्तरण गरेपछि नेपालीको शव ल्याइन्छ- परराष्ट

  • २४ आश्विन २०८०, बुधबार १७:४०
images

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ल्याउन उक्त जहाजमा ल्याउन नसकिने परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।

बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन् ।

इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज उड्दै छ ।