images
images

नेपालमा हेमोरेजिक स्ट्रोक किन बढ्दै छ र यस्तो भएमा के गर्ने ?

  • २७ पुष २०८०, शुक्रबार १०:५६
images

हाम्रो मुटुदेखि मस्तिष्कमा विभिन्न रक्तनलीका माध्यमले निरन्तर रगतको आपूर्ति भइरहन्छ । यसले गर्दा मस्तिष्कका लाखौं कोषिकाको आवश्यकता पूर्ति हुन्छ । मस्तिष्कसम्म रगत पुर्‍याउन अवरोध उत्पन्न हुँदा ब्रेन अटयाक हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा ब्रेन अटयाकबाट मृत्यु हुने दोस्रो र अपंगता हुने तेस्रो प्रमुख कारण हो । विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोकसम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।

अध्ययनहरूका अनुसार गत चार दशकयता स्ट्रोक निम्न र मध्यम आय भएका मुलुकमा दोब्बरभन्दा बढी रहेको छ भने चार दशकमै उच्च आय भएका मुलुकमा स्ट्रोक हुने घटना ४२ प्रतिशतले कम भएको छ ।

सामान्यत: स्ट्रोकले शरीरको एक भागलाई प्रभावित गर्छ । उमेर बढ्नुका साथै स्ट्रोकको जोखिम बढ्छ तर अस्वस्थकर जीवनशैली र खानपान, व्यायामको कमी आदिले गर्दा यो समस्या युवालाई पनि भइरहेको छ ।

यो प्रश्नलाई लिएर हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।