चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युटले नयाँ वर्ष २०८१ को अवसरमा सहुलियत रकममा डायबेटिज हेल्थ प्याकेज सार्वजनिक गरेको छ ।
काठमाडौंको बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युटले आउँदै गरेको नयाँ वर्ष २०८१ को अवसरमा मधुमेह भएका बिरामीहरूलाई लक्षित गर्दै सहुलियत रकममा डायबेटिज हेल्थ प्याकेज सार्वजनिक गरेको हाे ।
उक्त प्याकेजको मूल्य हालको लागि रु ६८३३ राखिएको छ भने पहिलो १०० सेवाग्राहीहरुलाई थप १५% छुटको पनि व्यवस्था रहेको हस्पिटलले जानकारी दिएकाे छ । यस प्याकेज अन्तर्गत विभिन्न रगतका जाँचहरु, पिसाबका जाँच, ECG, लगायतको टेस्ट हरु समावेश गरिएको छ भने प्याकेज अन्तर्गतनै वरिष्ठ जेनेरल फिजिसियन तथा डायबेटोलोजिस्ट डा.अजय प्रधानद्वारा परामर्श पनि दिइने छ ।
यसका साथै यस प्याकेजमा आखाँको चेक जाँच र वरिष्ठ डायटिसियनहरुद्वारा मधुमेह भएका बिरामीहरूलाई खानपान सम्बन्धी परामर्श पनि प्रदान गरिने छ ।
नेपालमा मधुमेहको बिरामीहरूको संख्या बढ्दै गएको र यसले थप विकराल रूप लिन सक्ने भएकाले ,उक्त वर्गलाई केन्द्रित गरेर चिरायु हस्पिटलले गएको केही महिना देखि Dedicated Chiryau Diabetes Center सञ्चालनमा ल्याएको यसै अस्पातलको बिजनेस डेभलपमेन्ट अफिसर बसन्त खनालले जानकारी दिनुभयो ।
यस सेवा लिनको लागि अग्रिम रूपमै बुकिङ गर्नु पर्नेछ जसका लागि होस्पिटलको हटलाइन नं : ०१-५९०२८८८ वा ९८०११३८२२२ मा सम्पर्क गर्न सकिने छ भने हस्पिटलको आधिकारिक वेबसाइट www.chirayuhospital.com.np मार्फत पनि online बुकिङ गर्न सकिने अस्पतालले जनाएकाे छ ।