images
images

प्रवर्धनात्मक स्वास्थ्य सेवाका लागि परामर्श र स्क्रिनिङ् शिविर सुरु

  • ३० बैशाख २०८१, आईतवार १४:२३
images

काठमाडौँ । स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आजदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ ।

शिविरमा रक्तचाप र मधुमेहको प्रारम्भिक परीक्षण गराइन्छ । परीक्षणबाट समस्याको सम्भावना देखिए समस्यालाई रोगमा रुपान्तरण हुन नदिन अपनाउनु पर्ने उपायका बारेमा विशेषज्ञ चिकित्सकबाट परामर्श हुन्छ ।

यसमा आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीसँग सम्बन्धित विषय हुनेछन् ।

आजको शिविरमा ११८ जनाले परीक्षण गराउनुभयो । उहाँहरुमध्ये करिब १५ प्रतिशतमा प्रारम्भिक मधुमेह तथा उच्चरक्तचापको समस्या देखिएको स्वास्थ्य विभागले जनाएको छ ।

यस्तो अवस्थामा रहेका व्यक्तिलाई आउँदो ७ दिनसम्म के गर्ने, के नगर्ने, जीवनशैली (खानपान, व्यायाम) को सूची दिएर त्यसपछि फेरि स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ ।