images
images

कडा कब्जियतका लक्षणहरू यस्ताे छ

  • ३० बैशाख २०८१, आईतवार १४:४६
images

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो ।

मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ।

विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो।

भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो। भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ।

व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ। व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको छ ।

हामीले यस बिषयमा ग्यास्ट्रोइन्ट्रोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. सुमित अग्रवाल संग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।