images
images

तपाईँको बिहान चाडो उठ्ने बानीले तपाइलाई गर्ने फाइदाहरु।

  • २६ भाद्र २०८०, मंगलवार १६:२२
images

बिहान सबेरै उठ्ने बानीले तपाईलाई धेरै स्वास्थ्य लाभ दिन सक्छ। चिकित्सा विज्ञानका विज्ञहरू यस बानीलाई शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि विशेष फाइदाजनक मान्छन्। तर,अहिलेको अव्यवस्थित जीवनशैलीले मानिसको सुत्ने र उठ्ने समयलाई निकै असर गरेको छ ।
राति ढिलो सुत्ने र बिहान ढिलो उठ्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक मात्र होइन, यसले मानसिक स्वास्थ्यमा पनि धेरै नकारात्मक असर पार्न सक्छ ।

१ – बिहाना चाँडै उठ्ने बानीले हाम्रो मानसिक स्वास्थ्यलाई कायम राख्न धेरै सहयोगी हुन सक्छ। चाँडै उठ्नुको अर्को महत्त्वपूर्ण फाइदा भनेको यसले तनावको स्तर कम राख्छ। जब तपाईं चाँडै उठ्नुहुन्छ, दिनचर्याले सकारात्मकता फैलाउँछ। अनुसन्धानका अनुसार बिहान सबेरै उठ्ने मानिसहरूमा ढिलो उठ्नेहरूको तुलनामा तनाव (डिप्रेसन) जस्ता समस्याहरूको जोखिम कम हुन्छ।

२- बिहान सबेरै उठ्ने बानीले तपाईंलाई योगा-व्यायामको लागि समय निकाल्न मद्दत गर्छ। ढिलो उठ्नेहरूलाई व्यायाम गर्न अक्सर गाह्रो हुन्छ। व्यायाम नगर्ने बानीले तपाईको शारीरिक निष्क्रियता बढाउँछ, जसका कारण धेरै रोगहरु लाग्ने खतरा रहन्छ । विज्ञहरूका अनुसार बिहान खुला हावामा व्यायाम गर्नाले शारीरिक र मानसिक दुवैलाई फाइदा हुन्छ ।

३- चाडै उठ्ने मानिसहरूले राती चाँडै सुत्ने समय व्यवस्थापन गर्न सक्छन् । यसले तपाईको दिनचर्यामा मात्र सुधार गर्दैन, गुणस्तर निद्राका लागि पनि सहयोगी मानिन्छ। शारीरिक र मानसिक दुवै स्वास्थ्य कायम राख्नको लागि राम्रो निद्रा आवश्यक मानिन्छ।