
आज ‘विश्व बाथरोग दिवस’ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।
विज्ञानको भाषामा ‘आर्थराइटिस’ भनिने बाथरोग जोर्नी सुन्निने र दुख्ने समस्या हो । यस्तो समस्या बढ्दो उमेरसँगै बढ्ने गर्छ । यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका मानिसमा देखिने गर्छ ।
बदलिँदो जीवनशैली, जंकफुडको सेवन, खानामा पोषणतत्वको कमि तथा घण्टौंसम्म कम्प्युटरमा बस्नाले पनि उक्त रोग लाग्ने गर्छ । सोही कारण युवापुस्तामा पनि यो रोग देखिने गरेको छ ।
डब्लूएचओका अनुसार विश्वका करिब ५० लाख मानिस बाथरोगबाट पीडित छन् । हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मात्र नभएर विकसित मुलुकहरुमासमेत बाथरोगसम्बन्धी जनचेतना कम भएको पाईएको छ ।