विराटनगर । नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
जिल्ला अदालत मोरङले डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
राई विक्री भएको नवजात शिशुको बुबा र राजवंशी डाक्टर कर्णबाट बच्चा खरिद गरेका व्यक्ति हुन् ।
नवजात शिशु बेपत्ता पारेको आरोपमा ६ जना विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो । तीन जना धरौटीमा छुटेका छन् ।