काठमाडौं । केही दिनअघि गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ ।
तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।
सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको भनाइ छ ।
‘‘यो फङ्सनल होइन, चस्मा खोलेर बाहिरबाट हेर्दा उहाँको आँखा अलि राम्रो देखियोस् भनेर कस्मेटिक प्रोथेस्टिक राख्या हो,’ उनले भने ।
उनका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।
अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने डा. रुइतले बताए ।